प्रजनन दर कम हुनु दीर्घकालीन अवस्थाका निम्ति जोखिम


काठमाडौं – विश्व जनसंख्या दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइयो ।

जनसंख्या व्यवस्थापनसम्बन्धी मुद्दामा केन्द्रित रही आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा परेको प्रभावप्रति सजग हुन जनसंख्याका अन्तरसम्बन्धका बारेमा राजनीतिक इच्छाशक्ति बढाउँदै स्रोतसाधन परिचालन गरी उपलब्धिलाई दिगो बनाउने सन्दर्भमा आम जनमानसमा सचेतना फैलाउन प्रत्येक वर्ष जुलाई ११ मा जनसंख्या दिवस मनाइन्छ।

दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ ।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको बताएका छन्।

जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेको भन्दै वृद्धिदर र प्रजनन दर कम हुनु तत्कालका निम्ति सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुन सक्ने उनको भनाइ छ।

दिवसका अवसरमा काठमाडाैं सुकेधारास्थित न्यू मिलिनियम कलेजका विद्यार्थीहरुले सचेतनामुलक पर्चासहित शान्ति पर्ण र्‍याली गरेका थिए । 

यसै कार्यक्रममा नेपालको जनसंख्या वृद्धिदर घट्नुले देशको सुरक्षा, विकास र दिगो भविष्यको कल्पना पनि गर्न नसकिने प्रमुख हरेराम शर्मा फुयाँलले बताए । यस्ता विषयमा अहिलेका विद्यार्थीहरुलाई नै जाकरुक बनाउनु पर्ने खाँचो रहेको उनले बताए ।

हाल चीन लामो समयको अध्ययन पश्चात् सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमतिसहित आफ्नो जनतालाई आह्वान गरेको छ ।  यस्तै नेपालको पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।

 

प्रतिक्रिया