नागढुङ्गा सुरुङ मार्ग निर्माणको कार्य सुचारु


थानकोट – नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको कार्य सुचारु भएको छ । हिजो मंगलबारबाट निर्माण कार्य सुचारु भएको हो ।

सुरुङमार्ग निमार्णका क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेपछि घर र जग्गाको मुआब्जा माग्दै  चन्द्रागिरि नगरपालिका वडा नं. १ र २ का स्थानीयले गत मंसिर ९ देखि काममा अवरोध गरेका थिए ।

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आफूहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषदमा पठाएको जानकारी आएकाले पुस ५ सम्मका लागि अवरोधको कार्य फिर्ता लिइएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया