राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् ।
भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपतिलाई आज बिहान भर्ना गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा.धनश्याम भुसालले विज्ञप्ती निकालेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।