उदयपुरमा जिप दुर्घटना : ५ जनाको मृत्यु


धरान – धरानबाट घोरेटार जाँदै गरेको बाेलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बाेलेरोमा १४ जना सवार थिए ।

को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरी जनाएको छ । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।

प्रतिक्रिया