तीन दिनका लागि कैलालीका भारतीय सीमा नाका बन्द


धनगढी – कैलालीका सीमा नाका आजबाट तीन दिनसम्मको लागि बन्द हुने भएका छन् ।

भारतमा भइरहेको लोकसभा निर्वाचनको लागि कैलालीका साना ठुला सीमा नाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा निर्वाचनका हुँदैछ ।

त्यसको लागि आज साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए ।

प्रतिक्रिया