थप ३ सय ४७ जनामा कोराेना संक्रमण, २ को मृत्यु

काठमाडौं – नेपालमा थप ३४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमुना परीक्षण गर्दा ३४७ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसै अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौं जिल्लामा १६९, ललितपुरमा ३५ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ।

हाल नेपालमा तीन हजार १७७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्र एक हजार ७६३ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ललितपुर जिल्लामा ३१३ र भक्तपुर जिल्लामा ८९ सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७८ हजार २२८ मात्र खोप वितरण भएको छ। योसँगै हालसम्म नेपालमा चार करोड ८७ लाख ९७ हजार ३६५ मात्र खोप लगाइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *