बङ्गलादेशमा अन्तरिम सरकार गठन, प्रमुखका रुपमा युनुसको शपथ

मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि


एजेन्सी – बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिएका छन् ।

उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उनी फ्रान्सको राजधानी पेरिसमा थिए । हिजै मात्र ढाका फर्किएर उनले सपथ ग्रहण गरेका हुन् । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि छन् ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका हुन् ।

हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लङ्घन गरेको भन्दै दर्जनौँ मुद्दा खेपेका युनुस बङ्गलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित छन् ।

प्रतिक्रिया