भाग्न खोज्दा १ सय २९ कैदीबन्दीको मृत्यु


काठमाडौं – लामो गृहयुद्धबाट गुज्रेको ल्याटीन अमेरिकी मुलुक गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको मृत्यु भएको जनाइउको छ ।

५५ जनाभन्दा धेरै घाइते भएको कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उनले बताएका छन् ।

धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएको र घाइते भएको बताइएको छ । कतिपय महिलाहरू बलात्कृतसमेत भएको मन्त्री शाबानीले बताउनुभएको छ ।

जेल परिसरमा हिजो लामो समयसम्म गोली चलेको थियो । कङ्गो सरकारले जेल तोड्ने प्रयास किन भयो र कति कैदीबन्दी भागे भन्नेबारेमा केही खुलाएको छैन ।।

प्रतिक्रिया