एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।अस्पतालका अनुसार उमेरजन्य स्वास्थ्य समस्याका कारण केही दिनयता उनको उपचार भैरहेको थियो ।

उपचारकै क्रममा उनको निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *