अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

काठमाडाैं – अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । उपभोक्ताको लाइन र ग्यासको माग बढेपछि नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो ।

बजारमा पछिल्लो दुई महिनादेखि ग्यास पाउन सहज नभएको अवस्थामा पछिल्लो पटक पश्चिम एशियामा बढ्दो द्वन्द्वले उपभोक्ताले ग्यासको सञ्चय गर्दा समस्या भएको निगमको दाबी छ ।

निगमका अनुसार अब सिलीन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्य अर्थात् ९५५ रुपैयाँमा बिक्री वितरण गरिनेछ। साथै निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगरी आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *