खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौं – खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ ।
शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर बुधबार दिउँसो खोटाङको केपिलासगढी गाउँपालिका-२ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
स्थानीय प्रशासनका अनुसार शव बोकेर पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको थियो ।
