सुन मुल्य घट्यो, तोलाको कति ?
काठमाडाैं – आज सुनचाँदीको मुल्य घटेको छ । सुन तोलामा २ हजार २ सय र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदी आज तोलामा ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।
