इरानमा बस दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु


एजेन्सी – इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मध्य इरानी प्रान्त याजदमा गएराति बस दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

दुर्घटनामा २३ जना यात्रु घाइते भएका र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इराकको पवित्र शहर कर्बलामा शिया क्यालेन्डरको सबैभन्दा ठूलो अनुष्ठानमा सहभागी हुन जाँदै थिए ।

इरान खराब ट्राफिक प्रणाली भएको देशका रूपमा परिचित छ र यहाँ हरेक वर्ष २० हजार जना मानिसले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया