हसिनाविरुद्ध नौं वर्ष पुरानो अपहरण मुद्दा दर्ता


काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध नौं वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ । उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् ।

२०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो । त्यसपछि र्‍यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए । उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो ।

उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए । सोही बिषयलाई लिएर अहिले हसिनाबिरुद्ध मुद्दा हालेका हुन् ।

प्रतिक्रिया