सामाजिक सञ्जाल ‘एक्स’ माथि ब्राजिलमा प्रतिबन्ध


काठमाडौं – ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) लाई प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्सले म्यादभन्दा पहिले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो ।

अलेक्जान्डर डे मोरेसले एक्सलाई ‘तत्काल र पूर्ण निलम्बन’ आदेश दिएका हुन् । जबसम्म एक्सले अदालतका सबै आदेशहरू पूरा गर्दैन र जरिवाना तिर्दैन तबसम्म एक्स प्रतिबन्धित हुनेछ । यो मुद्दा यस वर्षको अप्रिलमा सुरु भएको थियो । न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौं एक्स अकाउन्टमा प्रतिबन्ध लगाएका थिए ।

उक्त आदेशको जवाफ दिँदै एक्सका मालिक एलन मस्कले भनेका छन्, ‘फ्री स्पिच कुनै पनि लोकतन्त्रको आधार हो र ब्राजिलका न्यायाधीश जसलाई जनताले चुनेका होइनन् उनीहरूले राजनीतिक दबामा आएर यसलाई बर्बाद गर्दैछन् ।’

प्रतिक्रिया