आजदेखि खुल्यो यूनियन लाइफको आईपीओ
काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ आजबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।
कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये कम्पनीले समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागानीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
भने, आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । यदि माग अनुसार आवेदन नपरेको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदन समयावधी बढाउने जनाएको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।