झण्डै १६अङ्कले घट्यो नेप्से, २ अर्ब ८९ करोड रुपैयाँको कारोबार


काठमाडाैं – शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेर राताम्मे भएको छ । लगातार दोस्रो दिन आज पनि नेप्से १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज विकास बैंक बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज बोटलर्स नेपाल तराईको शेयर नौ प्रतिशतले बढेको छ ।

आज ६९ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको ३१ करोड ९८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रतिक्रिया