कुम्भ मेलाबाट फर्किनेले १४ दिन क्वारेन्टिन बस्नै पर्ने, मास्क र दूरी कायम गर्ने नियम पालना भएन

नयाँदिल्ली – भारतको नयाँ दिल्ली सरकारले कुम्भ मेलाबाट फर्किनेले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने निर्देशन जारी गरेको छ। हरिद्वारमा लागेको मेलाबाट फर्केपछि क्वारेन्टिनमा नबसे कारबाही गरिने चेतावनी पनि सरकारले दिएको छ।

४ देखि १४ अप्रिलको बीचमा कुम्भ मेला गएका मानिसलाई २४ घण्टाभित्र दिल्ली सरकारको वेबसाइटमा आफ्नो विस्तृत जानकारी अपलोड गर्न भनिएको छ। त्यसैगरी १८ देखि ३० तारिखसम्म त्यहाँ जाने तयारी गरेकाहरुले पनि आफू र आफ्नो यात्राबारे जानकारी दिनु पर्नेछ।

हरिद्वारमा जारी मेलाको पछिल्लो ५ दिनमा १७ सय जनालाई कोरोना देखिएको छ। लाखौं सहभागी हुने मेलामा मास्क लगाउने र दूरी कायम गर्ने नियमको पूर्णतया उल्लंघन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *