कोरोना अपडेट : थपिए ५३ जनामा संक्रमित, २० जना निको


काठमाडाैं – देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय २० जनाको नमुना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन सय ३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ४७ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया