कोरोना भाइरस : थप ४ सय ५५ जना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं – आज देशभर ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ८ सय २९ परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
त्यस्तै ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार ५ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।
यस्तै, २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९ सय ४४ पुगेको छ ।