ब्राजिलको राष्ट्रपतिमा लुला दा सिल्भा निर्वाचित


ब्राजिल – ब्राजिलको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१% मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन्। उनका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताएका छन्। विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिएका हुन् ।

‘आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,’ उनले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भने।

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भएको थियो । साथै उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया