भर्जिनियामा विद्यार्थीले भरिएको बसमा गोली चल्यो : तीनको मृत्य, २ घाइते

भर्जिनिया – युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ। आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन्।

युनिभर्सिटीको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। एक संदिग्ध पक्राउ परेका छन्। प्रहरीले अनुसन्धान जारी राखेको छ।

मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *