कोरोना भाइरस : थप १ जनामा संक्रमण पुष्टि, ११ निको

काठमाडौं – थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०९९ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४०३ र एन्टिजेनबाट ६९६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप ११ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *