महिला अधिकारको विरोध गर्ने खेलाडीलाई मृत्युदण्ड

तेहरान – मासा अमिनीको मत्युपछि महिला अधिकार र आधारभूत स्वतन्त्रताको विरोध गर्ने एक फुटबलरलाई मृत्युदण्ड हुने भएको छ। बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई क्वोट गर्दै २६ वर्षीय अमिर नसर–अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको उल्लेख गरेको छ।

हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानभर त्यसको विरोध भएको थियो।

सोही क्रममा प्रहरीका सहयोगीको मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी नोभेम्बर १६ मा पक्राउ परेका थिए। उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप थियो।

अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफ्प्रो)ले एक वक्तव्य जारी गर्दै इरानको यो कदमको आलोचना गरेको छ। जारी वक्तव्यमा उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ।

अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्र्याक्टरबाट खेलेका थिए। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका थिएनन्। उनीसहित २८ जनालाई सोही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *