पाकिस्तानमा एक मस्जिद भित्र बम विष्फोट : २८ को मृत्यु, डेढ सय जना घाइते

इस्लामाबाद – पाकिस्तानको पेशावरस्थित एक मस्जिद भित्र भएको बम विष्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् ।

उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विष्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विष्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विष्फोट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *