इलाममा सुहाङको फराकिलो मतले अग्रता कायमै 


काठमाडौं – प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर-२ मा भएको उपनिर्वाचनको मत गणना जारी छ ।अहिलेसम्मको मत परिणामअनुसार इलाममा अग्रस्थानमा एमाले उम्मेदवार सुहाङ छन् । उनले अहिलेसम्म ११ हजार ७८ मत प्राप्त गरेका छन् ।

माई नगरपालिकाको मत गणना भइरहँदा मुढा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम नेपाली कांग्रेसका डम्बर खड्का भन्दा अघि लागेका छन् ।

माई नगरपालिका–६ को मत गनिसक्दा थेगिम ७ हजार ४५२ मतसहित दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि उनी लगातार तेस्रो स्थानमा थिए । तेस्रो स्थानमा झरेका कांग्रेसका डम्बर खड्काले अहिलेसम्म ७ हजार ३२४ मत पाएका छन् । यसअघि उनी दोस्रो स्थानमा थिए ।

प्रतिक्रिया