कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रदेश प्रमुखसमक्ष जानकारीपत्र पेस

अर्को सरकार बनाउन नमिल्ने आशय


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र प्रदेश प्रमुखसमक्ष पेस गरेका छन् ।

आज प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आशयपत्र बुझाएका हुन् । मुख्यमन्त्री कार्कीविरुद्ध गएको वैशाख ७ गते कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित भएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको मितिले ३० दिनभित्र विश्वासको मत लिन वा राजीनामा दिई मार्गप्रशस्त गर्न नेकपा एमालेसहितको विपक्षी गठबन्धनको प्रस्ताव बहुमतले पारित भएको थियो । तर त्यो प्रस्ताव संविधान बमोजिम नरहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारीपत्र बुझाएका हुन् ।

प्रतिक्रिया