कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

दुईजना बिनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद् गठन


काठमाडाैं – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई हिजो पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि हिजो नै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीलाई आफ्ना ३९ र माओवादी केन्द्रका १३ सांसदको साथ छ ।

दुईजना बिनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद् गठन

शपथलगत्तै कार्कीले मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट रामबहादुर रानामगर तथा माओवादीवाट गणेश उप्रेती बिनाविभागीय मन्त्री बनेका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुग्नुभएको छ ।

प्रतिक्रिया