धनकुटामा माइक्रो बस दुर्घटना : १५ जना घाइते, ७ यात्रुको अवस्था गम्भीर


धनकुटा – काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको माइक्रो बस दुर्घटनामा १५ यात्रु घाइते भएका छन् । बा ५ ख ७२४ नम्बरको माइक्रो बस कोशी राजमार्गअन्तर्गत धनकुटाको च्याङच्याङबारीमा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूका उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाजू श्रेष्ठले जानकारी दिए ।

चालकसहित २० जना यात्रु सवार माइक्रो धनकुटा नगरपालिका-९ स्थित च्याङच्याङबारीमा बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ७५ फिट तल खसेको छ । दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया