झापामा छात्रामाथि गोली प्रहार


काठमाडौं – झापाको दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।  कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी उदयपुरकी एनिका अधिकारीमाथि झापाको दमकमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमकमा डेरा गरेर बस्दै आएकी १७ वर्षीया अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनु्सार परीक्षा दिएर फकिँदै गरेकी अधिकारीलाई दमक-५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि बाटोमा ढुकेर बसेका यादवले गोली प्रहार गरेका थिए ।

घाइते अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानेर फरार भएका यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया