सुनसरीबाट बेवारिसे अवस्थामा एक क्विन्टल गाँजा बरामद


विराटनगर – सुनसरीबाट बेवारिसे अवस्थामा रहेको एक क्विन्टल गाँजा बरामद गरिएको छ। मंगलबार राती सुनसरीबाट एक क्विन्टल गाँजा बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगँज, बोर्डर आउट पोस्ट साहेबगँज र हर्बेनिको संयुक्त टोलीले सुनसरी जिल्ला बर्जु गाउँपालिका-४ स्थित हसनपुरबाट बेवारिसे अवस्थामा बरामद गरेको गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका अनुसार गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा तीन वटा बोराभित्र स-साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको जनाएको छ।

प्रतिक्रिया