देशभर थप २४ जना कोरोना संक्रमित


काठमाडौं – नेपाल थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,४२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा संक्रमण पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो ।

यही अवधिमा थप ३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

नेपालमा पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ ।

प्रतिक्रिया