समानुपातिकको ८३ लाख मतगणना, श्रम संस्कृति र राप्रपाको मत ३ लाख नजिक

काठमाडाैं – गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

झन्डै १ करोड १० लाखमध्ये ८३ लाखभन्दा धेरै मतगणना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४० लाख ०९ हजार ५५५, नेपाली कांग्रेसले १३ लाख ४९ हजार ४०८, नेकपा एमालेले ११ लाख ४३ हजार ४६६ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ८७ हजार ७३९ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीको मत ३ लाख हाराहारी पुग्न लागेको छ । श्रम संस्कृतिको २ लाख ८९ हजार र राप्रपाको २ लाख ७५ हजार १२४ मत पुगेको छ । अब झन्डै ३० लाख मत गन्न बाँकी छ ।

प्रत्यक्ष मतदानमा कम्तीमा १ सिट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ ।

खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा र श्रम संस्कृति पार्टीको ३ लाख मत कट्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *