इलाम-१ मा निश्कल राई विजयी भएसँगै प्रत्यक्षतर्फ कांग्रेसको १८ सिट
काठमाडाैं – इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई १ हजारभन्दा कम मतान्तरले पछि पार्दै कांग्रेसका राई विजयी भएका हुन् ।
कांग्रेका निश्कल राईले १४ हजार ५४३ मत प्राप्त गर्दा श्रम संस्कृति पाटीका लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेका छन् । योसँगै प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ सिट जितेको छ ।
