प्रतिनिधिसभा निर्वाचन : १६५ क्षेत्रकै परिणाम सार्वजनिक, समानुपातिक तर्फ मतगणना जारी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको मत परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे ।

उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन् ।

यससंगै प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भए ।

२७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो । समानुपातिक तर्फको एक करोड मत गणना भइसकेको छ । समानुपातिकमा पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ ।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *