आयोगले तोक्यो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत

काठमाडौं – निर्वाचन आयोगले बैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ। बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो।

आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा न्यायाधीश बासुदेव न्यौपाने,बारा क्षेत्र नम्बर २ मा न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर १ का लागि न्यायाधीश कोमल प्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत्र १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ताको कार्यक्रम तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *