समसामयिक छलफलका लागि परराष्ट्र सचिव पौड्यालसँग चिनियाँ राजदूतको भेट

काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङ शुक्रबार बिहान १० बजे सिंहदरवार पुगेर परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गरेको स्रोतले बताएको छ।

भेटमा समसामयिक विषयमा छलफल भएको छ। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ। निकट भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको र सोबारेमा छलफल गर्न उनीहरूबीच भेट भएको स्रोतको दाबी छ।

चिनियाँ राजदूत सोङ पछिल्लो समय राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त छन्। उनले बिहीबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए।

चीनले बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा दिए पनि आन्तरिक कारण देखाउँदै प्रचण्ड उक्त सम्मेलनमा सहभागी भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *