बारामा ट्याम्पो दुर्घटना : एकको मृत्यु, ५ जना घाइते

वीरगन्ज – बारामा आइतबार ट्याम्पो दुर्घटना हुदाँ तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

भारतको रक्सौलबाट बाराको कलैया तिर जाँदै गरेको ६ जना सवार रहेको स १ ह ७०८ नम्बरको ट्याम्पो वीरगन्ज कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाउँपालिका-१ भलुही बजारको चोकमा अनियन्त्रित भएर पल्टिएको हो।

दुर्घटनामा भारत बिहारको रक्सौलकी तीन वर्षकी बालिका परि कुमारीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *