बलिउड फिल्म ‘उँचाई’ फिल्मफेयरको सात विधामा नोमिनेशन

मुम्बई – सगरमाथा आरोहण विषयमा केन्द्रित रहेको बलिउड फिल्म उँचाईले फिल्मफेयरमा सात विधामा नोमिनेशनमा परेको छ। नेपालमा समेत छायाँकन गरिएको फिल्म फिल्मफेयरको ६८औं संस्करणका लागि नोमिनेशनमा परेको हो।

बलिउडहंगामाका अनुसार सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेता पुरुष, सर्वश्रेष्ठ संगीत, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ सम्बाद विधानमा नोमिनेशनमा परेको हो।

फिल्मलाई सुरज बर्जत्याले निर्देशन गरेका हुन्। गत नोभेम्बर ११ मा रिलिज भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा, निना गुप्ताको मुख्य अभिनय रहेको थियो। फिल्मले औषत ब्यापार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *