ओझाको ‘ऐठन’ लाई ‘मदन पुरस्कार’, टेकवीरलाई जगदम्बाश्री


काठमाडौं – यस वर्षको ‘मदन पुरस्कार’ विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई प्रदान गरिने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले यस वर्षको ‘मदन पुरस्कार’ ‘ऐठन’ लाई दिने निर्णय गरेको हो । यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए ।

जसमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए । यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ ।

प्रतिक्रिया