‘नरसिंहाः अवतार’मार्फत फिल्ममा डेब्यू गर्दै पूर्वमिस नेपाल खड्गी

काठमाडौं – पूर्वमिस नेपाल उषा खड्गी नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने आगामी फिल्म ‘नरसिंहाः अवतार’मा उनी अनुबन्धित भएकी छन् ।

निर्देशक भट्टराईले उषालाई बुधवार उक्त फिल्मका लागि अनुबन्धित गराएका छन् । आगामी असोज ७ गतेदेखि छायांकन सुरु हुने भनिएको यो फिल्मका लागि यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी लगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।

यो फिल्ममा उषाको महत्वपूर्ण भूमिका रहने बताइएको छ । सन् २००० की मिस नेपाल उषाको यो डेब्यू फिल्म हुनेछ । फिल्ममा अनुबन्धित भएपछि उषाले भनिन्, ‘यो फिल्ममा काम गर्न मलाई जुरेको रैछ, म निकै खुशी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *