दार्चुला हिमपहिरो: सात जनाको उद्धार, पाँच अझै सम्पर्कविहिन

काठमाडौं – मंगलबार दार्चुलाको पाटनमा गएको हिमपहिरोमा परी बेपत्ता भएका १२ जनामध्ये ७ जनालाई सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार अझै चार जना महिला र एक पुरुष बेपत्ता छन्। दार्चुलाको छाङरुस्थित सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको छ।

सकुसल उद्धार गरिएका सात जनासहित अन्य १३ जना सशस्त्र प्रहरी बलको टोलीसँगै फर्किँदै गरेको प्रवक्ता थापाले जानकारी दिए। उनका अनुसार मौसम खराबी र हिउँ परेका कारण अरुको उद्धार हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *