नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम साँढे ७७ करोड

काठमाडौं – सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा अडिएको छ।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको थियो। सो दिन आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ करोड १ रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भएको थियो। कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ९६ लाख २५ हजार रुपैयाँको सेयर खरिदबिक्री भयो।

शिवम् सिमेन्टको ४ करोड ४६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन पिपुल्स पावरको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढ्यो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *