आज पनि बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा फेरि सुनचाँदीको मुल्य बढ्न थालेको छ । आज (बिहीबार) पनि सुन चाँदीको मुल्यमा सामान्य ओकालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि सामान्य बढेको छ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।