घट्यो हवाई भाडा, यस्तो छ नयाँ मूल्यसूची


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले प्रतिलिटर १४ रुपैयाँले सोमबार मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य १२५ रुपैयाँ घटाएर १२२५ रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै विराटनगर-नेपालगन्जको ७५० रुपैयाँ घटाएर ७ हजार ३०५ रुपैयाँ तोकिएको छ।

त्यस्तै काठमाडौं-माउन्टेन फ्लाइटको ४६६५, काठमाडौं-भद्रपुरको ४०८५, काठमाडौं-विराटनगरको ३२६ रुपैयाँ कायम गरिएको छ।

यस्तो छ नयाँ मूल्यसूची

प्रतिक्रिया