नागढुंगा-नौविसे सुरुङमार्गको टनेल ब्रेक थ्रू, काम सकिन १८ प्रतिशत मात्र बाँकी
काठमाडौं – नागढुंगा-नौविसे सुरुङको रेस्क्यू टनेलको ब्रेक थ्रू भएको छ । सोमबार ४ बजे रेस्क्यु टलेन ब्रेक थ्रू भएको हो ।
भौतिक यातायात तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं र नेपालका लागि जापानी राजदुत किकुता युताकाको उपस्थितिमा २ हजार ५५७ मिटर रेस्क्यु सुरुङको ब्रेक थ्रु भएको हो ।
कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।
यो सुरुङको २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको थियो । २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ।