बालेनको सचिवालयले भन्यो- मेयरको गाडी हो भनेपछि प्रहरीको व्यवहार झन् आक्रामक बन्यो
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले शनिबार साँझ कोटेश्वरमा बालेन पत्नी चढेको काठमाडौं महानगरको सरकारी गाडी रोकेको विषयमा स्पष्ट परेको छ ।
बालेनको सचिवालयले सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी सबिना काफ्ले मेडीसिटी अस्पतालमा उपचार गरेर फर्किने क्रममा सो घटना भएको जानकारी दिदै ट्राफिक प्रहरीले आक्रामक व्यवहार गरेको बताएको छ ।
सचिवालयले गाडी मेयर बालेनको भएको जानकारी गराएपछि ट्राफिक प्रहरीको व्यवहार झन् आक्रामक भएको भन्दै सामान्य मानवीय समवेदना समेत नदेखाइएको बताएको छ ।