मोदी र बाइडेनबीच भेटवार्ता, जनहितका मुद्दामा छलफल


नयाँदिल्ली – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी-२० को अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच शुक्रवार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

भारतीय प्रधानमन्त्रीको कार्यालयले भेटको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितसहितका विविध मुद्दामा वार्ता भएको बताइएको छ।

यो वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति बाइडेन शुक्रवार साँझ दिल्ली अवतरण गरेका हुन्। एजेन्सी

प्रतिक्रिया