‘सुरक्षित वैदेशिक रोजगार’बारेको निबन्ध प्रतियोगिता हुने


काठमाडाैं – डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा वैदेशिक रोजगार बोर्डले निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा देशभरका जुनसुकै विद्यालयका ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले भाग लिन सक्नेछन् ।

कम्तीमा एकहजार शब्दमा लेखिएको निबन्ध यही मंसिर २५ गतेभित्र पठाइसक्न बोर्डले अनुरोध गरेको छ । निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया