आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आव २०७८/७९ का लागि आज सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप व्यवस्थाबाट परिस्थिति सामान्यतर्फ उन्मुख भई आर्थिक गतिविधि पुरानै लयमा फर्किने विश्वासका आधारमा आर्थिक वृद्धिदर ६.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको हो ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीति दरलाई पनि ६.५ प्रतिशतमा सीमित राख्ने र बजेट कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने बताए ।

उनले अहिलेको प्रतिकूल परिस्थितिमा सरकारले अघि सारेका नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेटको कार्यान्वयनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *